१९ मंसिर २०८२, शुक्रबार

म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम

प्रकाशित मिति :  17 October, 2022 8:52 am


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी लिभरपुलसँग पराजित भएको छ । लिभरपुलले खराब लयलाई पन्छाउँदै सिटीको अपराजित यात्रामा पूर्णविराम लगाएको हो ।

आइतबार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हराएको हो । लिभरपुललाई जित दिलाउन मोहमद सलाहले निर्णायक गोल गरे । सलाहले खेलको ७६ औं मिनेटमा काउन्टरमा गोल गरेका हुन् ।

त्यसअघि सिटीका फिल फोडेनले ५३ औं मिनेटमा गरेको गोलले मान्यता पाएन । गोलअघिको फाउलको कारण फोडेनको गोलले मान्यता नपाएको हो ।

एनफिल्डमा भएको तनावपूर्ण खेलको ८६ औं मिनेटमा लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले अभद्र व्यवहार देखाएपछि ‘सेन्ट अफ’ गरिएको थियो।

यस जितसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको लिभरपुल अंक तालिकाको आठौं स्थानमा रहेको छ ।

सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई १–० ले, चेल्सीले एस्टन भिल्लालाई २–० ले हरायो भने म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेडले गोलरहित बराबरी खेले । यस्तै साउथह्याम्पटन र वेस्ट ह्यामले १–१ को बराबरीमा चित्त बुझाए ।



प्रतिक्रिया दिनुहोस !