२ पुस २०८२, बुधबार

एमालेको घोषणापत्र : यी हुन पाँच वर्षका लागि २० ग्यारेन्टी

प्रकाशित मिति :  1 November, 2022 3:25 pm


काठमाडौं । नेकपा एमालेले २० वटा ग्यारेन्टी सहिको डिजिटल माध्यामबाट घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेले मंगलबार सार्वजनिक गरेको घोषणपत्रमा आगामी पाँच वर्षका लागि २० वटा कुरामा पूर्ण ग्यारेन्टी सहितको घोषणापत्र सार्वजनिक गरेको हो ।

विगतका निर्वाचनहरुमा चुनावी घोषणापत्रका रुपमा जारी गरिएका दलहरुका प्रतिबद्धता व्यवहारमा पुरा भएनन् भन्ने प्रश्न उठ्ने गरेकाले यस निर्वाचनमा एमालेको सरकार गठन हुँदा ग्यारेन्टीका रुपमा निम्न विषयलाई लागु गर्ने प्रतिबद्धतासहित अघि सारेको जानकारी दिएको छ ।

एमालेले आगामी पाँच वर्षका लागि निम्न विषयमा ग्यारेन्टी गरेको छ ।

१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ : भविष्यको जग बसाइ
८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० खर्ब



प्रतिक्रिया दिनुहोस !