२ पुस २०८२, बुधबार

सेञ्चुरी बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बिच सम्झौता, ग्राहकलाई के–के छन् सुविधा ?

प्रकाशित मिति :  2 November, 2022 7:20 pm


काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बिच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका थिए । यो योजना कार्तिक २५ गते देखि लागू हुनेछ ।

बैंकमा खाता रहेका ग्राहकहरूले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !