सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 3 November, 2022 12:12 pm
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालो लागेको छ ।
नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९३ हजार २ सय रुपैयाँ र तेजाबी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।








