२ पुस २०८२, बुधबार

युनिलिभरको बम्पर लाभांश घोषणा

प्रकाशित मिति :  3 November, 2022 12:21 pm


काठमाडाैं । युनिलिभर नेपाल लिमिटेडले बमपर लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ का लागि आफ्ना सेयरधनीहरूलाई प्रतिकित्ता १२ सय रुपैयाँ बढीको नगद लाभांश दिने घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्दै सेयरधनीहरूका लागि प्रतिकित्ता १ हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।

कम्पनीले लाभांश वितरण प्रयोजनार्थ आउँदो मंसिर ४ गतेदेखि मंसिर २० गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर २ गते शुक्रबार र ३ गते शनिबार परेकोले मंसिर १ गतेसम्म कायम सेयरधनीहरूमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

त्यस्तै कम्पनीले आउँदो वार्षिक साधारणसभाबाट लाभांश स्वीकृत गरी ४५ दिनभित्र सेयरधनीहरूलाई वितरण गरिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !