आर्थिक टेवा दिन पालिका बन्ड,डेरिभेटिभ मार्केटको अवधारणा-राष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बैंकिङ र बीमाको सुदृढ संयन्त्र निर्माण गरिने जनाएको छ ।
संघीय तथा प्रदेश सभा चुनावको बाचापत्र सार्वजनिक गर्दै पार्टीका सभापति रवि लामिछानेले वित्तीय क्षेत्रमा आधुनिक साधनको प्रयोग गर्दै त्यसमार्फत प्राप्त हुने सुरक्षाको उपयोगिता सहज बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाली जनतालाई विकास परियोजनामा सहभागी गराउन र आर्थिक टेवा दिन पालिका बन्ड, डेरिभेटिभ मार्केटको अवधारणा बाचापत्रमा उल्लेख छ । देशभित्र र नेपाली नागरिकले खरिद गर्न नपाउने गरी डिजिटल मुद्रा माइनिङलाई वैधानिकता दिने विषाय पनि उल्लेख छ ।
बीमा उद्योगलाई आधुनिकीकरण गर्न बीमा एकेडेमी बनाइने, बैंकिङ कारोबारका गतिविधि, कारोबारमा प्रयोग हुने भौतिक तथा डिजिटल साधनको डेटा सुरक्षित गर्न कडा र स्पष्ट डिजिटल सेक्युरिटी प्रावधानसहितको कानुन बनाइने बाचापत्रमा भनिएको छ ।








