२ पुस २०८२, बुधबार

सेयरबजारमा दोहोरो अंकको गिरावट, १ अर्ब मुनि झर्‍याे कारोबार

प्रकाशित मिति :  3 November, 2022 3:32 pm


काठमाडौं । साताको कारोबारको पहिलो दिनदेखि बढेको सेयर बजार आज भने दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १६ अंकले घट्दा कारोबार रकम १ अर्ब मुनि झरेको छ ।

नेप्सेमा आज कारोबार भएका कुल १३ उपसमूहमध्ये २ वटा उपसमूहको सेयर मात्रै बढेको छ बाँकी ११ वटा उपसमूहको सेयर घटेको छ ।

बिहीबार कारोबार रकमका आधारमा एभरेष्ट बैंक लिमिटेडको सार्वधिक कारोबार भएको छ । बैंकको ४ करोड ३ लाख ५१ हजार१ सय २० रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेमा युनिलिभर नेपाल लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य ६.५६ प्रतिशतले बढेको छ ।

त्यस्तै आज विन नेपाल लघुवित्त वित्तीय संस्थाका लागनीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.९४ प्रतिशतले घटेको छ ।

कुल २२० कम्पनीको २७ लाख ६७ हजार ५ सय ३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८ सय २९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !