२ पुस २०८२, बुधबार

स्रोत नखुलेको भारतीय रकमसहित एकजना पक्राउ

प्रकाशित मिति :  3 November, 2022 5:47 pm


काठमाडौं । कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क नगरपालिका –१ मिडियाचोक बस्ने वर्ष ३९ का मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।

उनको साथबाट ५ लाख ५२ हजार ८ सय रूपैयाँ स्रोत नखुलेको भारतीय रकम रहेको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

खनाललाई यशोधरा गाउँपालिका –७ मर्यादापुरस्थित खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा तौलिहवाबाट मर्यादापुर जाँदै गरेको लु १६ प ४११७ नम्बर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरेको जनाएको छ ।

खनाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व भन्सार कार्यालय रुपन्देही पठाइएको प्रहरी नायव उपरीक्षक घलेले बताए ।



प्रतिक्रिया दिनुहोस !