२ पुस २०८२, बुधबार

अर्थमन्त्रीले बैंक तथा वित्तीय सुधारमा पहल नगर्दा हाम्रो धैर्यता टुटेको छ: अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति :  4 November, 2022 5:13 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पीडित भएको भन्दै उद्योगी व्यवसायी काठमाडौंमै आन्दोलनमा उत्रिएका छन् । शुक्रबार काठमाडौंको माइतीघर मण्डालमा आर्थिक वर्षको सुरुवा सँगै लगानी योग्य पुँजीको अभाव भन्दै एउटा बैंकको निक्षेप अर्कोले लुट्ने होडबाजी चलेको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले भने, “माग र आपूर्तिका आधारमा ब्याज दर निर्धारण हुने भन्दै जबरजस्ती कर्जामा १०० प्रतिशतसम्म ब्याज वृद्धि गरियो । बैंकहरूबाट दिइ आएको नि शुल्क सेवा बन्द गरी सेवा शुल्क लिन शुरु गरियो भने अन्य सेवा शुल्कहरूमा दोब्बर बृद्धि गरियो ।’’

“वित्तीय समस्यालाई लिएर देशको विभिन्र ठाउँमा भएका विरोधका कारण अर्थमन्त्रीबाट स्पष्ट रूपमा तरलता, बैंक ब्याजदर, वित्तीय लागत न्यूनीकरणका लागि सुझाव दिन उच्च स्तरीय समिति गठन गरिएको थियो । तर हाल सम्म पनि त्यसतर्फ सुधारका लागि केही पहल नहुदाँ हाम्रो धैर्य टुटेको अवस्थामा छ ।’’ श्रेष्ठले भने ।

निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै आन्दोलनमा सहभागी उद्योगी व्यवसायीहरूले सरकार, केन्द्रीय बैंकसँग एक अंकमा बढी नहुने ब्याजदर तोक्न, व्यापारमा १/२ प्रतिशत मात्र थप गरी लिन पाइने लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्न, बैंकहरूको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दर बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरुलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीकरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने माग उनीहरूको रहेको छ । त्यस्तै हालको बाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकोले चालु पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरूको माग छ ।



प्रतिक्रिया दिनुहोस !