लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सन मधेश प्रदेश समितिबिच सम्झौता
प्रकाशित मिति : 7 November, 2022 5:41 pm
काठमाडौं । लुम्बिनी बिकास बैंक र नेशनल प्याब्सन मधेश प्रदेश समिति बिच सम्झौता भएकाे छ । लुम्बिनी बिकास बैंक लिमिटेड र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) मधेश प्रदेश समिति बिच सेवा सुविधा आदानप्रदान गर्ने सम्झौतामा आज (सोमबार) हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता अनुसार नेशनल प्याब्सन मधेश प्रदेशसँग आबद्ध बिद्यालयमा कार्यरत शिक्षक, शिक्षिका र कर्मचारीहरूलाई दुर्घटना बिमा साथै स्वास्थ्य बिमा सुबिधा प्रदान गर्ने सम्झौता भएकाे छ ।
सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेशनल प्याब्सन मधेश प्रदेश समितीको तर्फबाट प्रदेश अध्यक्ष डा. नन्दन यादवले हस्ताक्षर गरेका थिए ।








