सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रकाशित मिति : 14 November, 2022 11:12 am
काठमाडौं । सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक सय रूपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रूपैयाँले घट्दै १२९५ रुपैयाँम कारोबार भइरहेको छ ।
आइतबार छापावाला सुन प्रति तोला ९७ हजार ३ सय रुपैयाँ र चाँदी १३०० रुपैयाँमा कारोबार भएको थियो ।








