नेपालगन्जमा एनओजी राइड सम्पन्र
प्रकाशित मिति : 14 November, 2022 5:28 pm
काठमाडौं । टीभीएस मोटरको नेपालको लागि एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगन्जमा एनओजी (एनटर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । राइड शनिबार २६ गते नेपालगन्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कमा पुगेर सम्पन्न भएको थियो ।
उक्त राइडमा सहभागी बीच विभिन्न गेमहरु खेलाइएको थियो । साथै, सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो ।
करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर संचालन गरिएको आयोजकले जनाएको छ । राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।








