३ पुस २०८२, बिहिबार

अभियान लघुवित्त वित्तीय संस्थाको तेस्रो वार्षिकोत्सव,विविध कार्यक्रम गरेर मनाउँदै

प्रकाशित मिति :  17 November, 2022 8:12 am


काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वर्ष पुरा गरेको छ । काभ्रेमा केन्द्रीय कार्यालय रहेको अभियान लघु वित्तले विधि कार्यक्रम गरेर आफ्नो वार्षिकोत्सव मनाइरहेको छ ।

संस्थाका अध्यक्ष बाबुराम थापाले संस्थाको यात्रामा साथ, सहयोग तथा हौसला प्रदान गर्ने शेयरधनी गा्रहक सदस्य, नियमनकारी निकाय, कर्मचारी तथा शुभचिन्तक सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

२५ करोड चुक्ता पुँजी रहेको यस लघुवित्तको देशभर ६० वटा शाखा रहेका छन् भने २९ हजार ५ सय सेवाग्राही रहेको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार अधिकारीले जानकारी दिए ।

वार्षिकोउत्सवको शुभकामना दिँदै अधिकारीले भनेका छन्,“ आगामी दिनहरूमा हामी हाम्रा सम्पूर्ण गा्रहक महानुभावहरुको सेवा तथा सुविधालाई अझ सुदृढ बनाँउदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !