३ पुस २०८२, बिहिबार

मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा ईभी नेपाल एक्स्पो हुने

प्रकाशित मिति :  17 November, 2022 5:34 pm


काठमाडौं । आगामी मंसिर १६, १७ र १८ गते काठमाडौंको भृकुटीमण्डपमा एसडी एक्स्पो मिडियाको आयोजनामा ईभी नेपाल एक्स्पो हुने भएको छ । विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठुलो प्रदर्शनी हुने बताइएको छ ।

एसडी एक्स्पो मिडिया प्रमुख आयोजक रहेको सो एस्पोको सह–आयोजक भने इन्डियन इक्जिबिसन सर्भिसेस रहेको छ । प्रदर्शनीलाई अटो नेपाल, पावर टल्क, नेपाल अटो ट्रेडर र ईभी ड्राइभ द फ्युचरले सहकार्य गरेका छन् ।

विगत दुई वर्ष देखि कोभिड–१९ को महामारीका कारणले यस प्रदर्शनीमा ढिलाई भएको आयोजकको भनाइ छ । यसका साथै, यस सुन्दर अवसरले पछिल्ला दिनमा विद्युतीय गाडीका क्षेत्रमा भएका विकास र परिवर्तनलाई पनि जनमानसमा सूचित गर्ने आयोजकले जनाएको छ ।

पछिल्लो समयमा विद्युतीय सवारीप्रति धेरैको आकर्षण बढिरहेको र नेपालमा समेत यसका लागि आवश्यक विद्युत उत्पादन प्रशस्तै मात्रामा भइरहेको छ । यसै तथ्यलाई मध्यनजर गरी सो प्रदर्शनीमा विशेष गरि विद्युतीय कार, विद्युतीय स्कुटर र मोटरसाइकल तथा साइकल, विद्युतीय बस, विद्युतीय ट्रयाक्टर, विद्युतीय कार्गो लोडर, रिक्सा तथा विद्युतीय चार्जिङ स्टेसन, ब्याट्री तथा अन्य विद्युतीय सामाग्रीहरू प्रदर्शनमा राखिने छ ।

सो वृहत प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू तथा ५०० भन्दा बढी विभिन्न देशका ब्रान्डका लागि साझा मञ्च हुनेछ । यसका साथै व्यापार तथा वित्तिय क्षेत्रका नेतृत्वकर्ता, अटोमोटिभ सोरुमका सञ्चालक, डिलर, बिक्रेता, आयातकर्ताहरू, सरकारी अधिकारी, कर्पोरेट हाउस, नयाँ लगानीकर्ता लगायत सबैका लागि साझा चौतारी हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !