तोलामै १ हजार बढ्यो सुन
प्रकाशित मिति : 24 November, 2022 11:33 am
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार छापावाला सुनको मूल्य तोलामै १ हजार रुपैयाँले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्यको तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि ह्रातै बढेको छ । आज चाँदीको मूल्य तोलाम ३० रुपैयाँले बढेर तोलाको १३०५ रुपैयाँमा कारोबार भइरहेको छ






