१२ श्रावण २०८१, शनिबार

नेप्से परिसूचक ३२ अंकले बढ्दा कारोबार रकम २ अर्ब माथि

प्रकाशित मिति :  27 November, 2022 4:13 pm


काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयरबजारमा दोहोरो अंकको उछाल आएको छ । आइतबार नेप्सेपरिसूचक ३२ अंकले बढ्दा कारोबार रकम पनि २ अर्ब नाघेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४३ अंकले बढेर १९६५।९८ अंकमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक पनि ५.३४ अंकले बढेर ३८६.२६ अंकमा पुगेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहको सेयर बढेको छ भने म्युचुअल फण्ड उपसमूहको सेयर मात्रै घटेको हो ।

आइतबार कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै बढेको छ । संस्थाको सेयरमूल्य ८.२१ प्रतिशतले बढेर ९ सय ७४ रूपैयाँ पुगेको छ ।

यस दिन एनएमबी हाइब्रिड फण्ड एल १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ३.११ प्रतिशतले घटेर ९ रूपैयाँ २ पैसामा झरेको छ ।

कूल २३३ वटा कम्पनीको ४२ लाख २३ हजार ८ सय ६७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २ करोड ५४ लाख ८९ हजार रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !