१२ श्रावण २०८१, शनिबार

तोलामा ३०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  28 November, 2022 11:20 am


काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार दुई दिनदेखि स्थिर रहेको छापावाला सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले घटेर तोलाको ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर तोलाको १२८५ रुपैइाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार छापावाला सुन तोलाको ९७ हजार ८०० र चाँदी तोलाको १२९५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !