१२ श्रावण २०८१, शनिबार

नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबिच इभी खरिदमा कर्जा सुविधा सम्बन्धी सम्झौता

प्रकाशित मिति :  29 November, 2022 2:40 pm


काठमाडौं । नबिल बैंक र नेपालमा हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलबिच विद्युतीय सवारी साधन र इन्टरनल कम्बुस्टन इन्जिन (आइसिई) मा कर्जा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ।

सम्झौता पत्रमा नबिल बैंकका सिनियर डिसीइओ सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टलका जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले हस्ताक्षर गरेका हुन्।

यो सम्झौतासँगै ग्राहकले हुन्डाई गाडी, इभी र इसिई खरिदका लागि नबिल बैंकबाट १२।९९ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउने भएका छन्।

आवश्यक कागजपत्र प्रमाणीकरण भएको ३ कार्यदिनभित्र ग्राहकले कर्जा सुविधा पाउनेछन्। यस्तो कर्जा ७ वर्ष अवधिको हुने कम्पनीले बताएको छ।

इभी गाडी खरिदका हकमा व्यक्तिले कुल मूल्यको ८० प्रतिशतसम्म र संस्थाले ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौता भएको कम्पनीले जनाएकाे छ ।

ग्राहकले यो सुविधा देशभर रहेका नबिल बैंकका शाखा कार्यालयहरू र हुन्डाईका १७ वटा शोरूमबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।



प्रतिक्रिया दिनुहोस !