इभी एक्सपोमा इकुटर ब्रान्डको स्कुटर सार्वजनिक
प्रकाशित मिति : 4 December, 2022 1:03 pm
काठमाडौं । पायोनियर वर्ल्डवाइड कम्पनीले हालसम्मकै महंगो विद्युतिय स्कुटर नेपालमा भित्र्याएको छ । कम्पनीले भित्र्याएको इकुटर ब्रान्डको स्कुटर काठमाडौंको भृकुटीमण्डपमा जारी ईभी नेपाल एक्सपो २०२२ मा राखिएकाे छ ।
नेपाली बजारमा सबैभन्दा बढी मूल्यको स्कुटर रहेको कम्पनीले जनाएको छ । ईभी एक्सपोमा सो स्कुटरको अवलोकन र टेस्ट राइड गर्न सकिन्छ ।
यसमा ८ किलोवाटको इनर रोटर हाई स्पिड सेन्टर मोटर रहेको छ । यसमा भएको ६४ भोल्ट ४२ एम्पियरको ब्याट्रीले १७० किलोमिटर भन्दा बढी माइलेज दिने बताइएको छ ।
स्कुटरको मूल्य ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।