एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा, बोनस सेयर कति ?
प्रकाशित मिति : 4 December, 2022 1:01 pm
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कमपनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंसिर १६ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१५८ प्रतिशत नगद गरी कुल १०.५२६३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बिमा समितिबाट स्वीकृत भएर कम्पनीको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।