एनएमबी बैंकद्वारा लाभांश घोषणा
प्रकाशित मिति : 6 December, 2022 12:45 pm
काठमाडौं । एनएमबी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत लाभांश दिने घोषणा गरेकाे हाे।
मंसिर १९ गते सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ८।२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।








