१ पुस २०८२, मंगलबार

सेगवेले उपत्यकामा १० वटा चार्जिङ स्टेशन जडान गर्ने

प्रकाशित मिति :  6 December, 2022 2:25 pm


काठमाडौं । सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न काठमाडौं उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको छ ।

यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने जनाइएको छ । यस्तै न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहवले भक्तपुर, ललितपुर र काठमाडौँका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गरिने बताएको छ ।



प्रतिक्रिया दिनुहोस !