१२ श्रावण २०८१, शनिबार

सोमबार नेप्से परिसूचक १६ अंकले बढ्यो

प्रकाशित मिति :  12 December, 2022 4:46 pm


काठमाडौं । केहि दिनदेखि निरन्तर घटेको सेयरबजारमा आज भने ब्रेक लागेको छ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ९सोमबार० सेयर कारोबार मापक नेप्से परिसूचक १६.९६ अंकले बढेर १९०२.२७ अंकमा पुगेको छ भने सेन्सेटिभ परिसूचक पनि ५.५७ अंकले बढेर ३७२.९३ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज बैंकिङ्ग उपसमूहबाहेक बाँकी सबै उपसमूहको सेयर बढेको छ ।

सोमबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ३२ लाख ४१ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आज २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । समिट लघुवित्त वित्तीय संस्था लिमिटेड र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ९.९३ प्रतिशतले घटेको छ ।

कूल २४५ वटा कम्पनीको ४४ लाख ७० हजार ६ सय २५ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३६ करोड ६० लाख १० हजार ४ सय ६४ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !