१२ श्रावण २०८१, शनिबार

महाराजगन्जमा तीन दिने क्रसफायर र इटालिका मोटो फ्रि चेकअप तथा टेष्ट राइड क्याम्प सुरू

प्रकाशित मिति :  21 December, 2022 12:48 pm


काठमाडौँ । क्रसफायर तथा इटालिका मोटरसाइकलको आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले तीन दिने फ्रि चेकअप तथा टेष्ट राइड क्याम्प आयोजना आजदेखि सुरू गरेको छ ।

महाराजगन्ज स्थित साेरुममा आयोजना हुने उक्त कार्यक्रममा ग्राहकले विभिन्न छुट र सुविधा पाउने जनाइएको छ ।

आजदेखि शुरु भएकाे सो क्याम्पमा ग्राहकले आफ्नो मोटरसाइकलको १६ प्वाइन्ट मेकानिकल र ९ प्वाइन्ट लुव्रिकेसन चेकअप निशुल्क गराउन पाउनेछन् । यसैगरी मोटरसाइकलको मर्मत सम्भार गर्दा प्रयोग हुने स्पेयर पार्ट्समा १५ प्रतिशत र लुव्रिकेन्ट्समा १० प्रतिशत छुट दिइने कम्पनीले बताएको छ । क्याम्प पुष ८ गतेसम्म अयोजना हुनेछ ।

उक्त कार्यक्रममा राइडरले क्रसफायर र इटालिका व्रान्डको नेपाली बजारमा उपलब्ध विभिन्न मोडलका मोटरसाइकल र स्कुटरको टेष्ट राइड समेत गर्न पाउने छन् भने ट्रेकर २५० मा एक्सक्लुसिभ चेकअपको सुविधा समेत उपलब्ध छ ।

आगामी दिनमा अन्य साेरुम र डिलरमा समेत यसप्रकारको कार्यक्रमलाई विस्तार गर्ने कम्पनीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !