१ पुस २०८२, मंगलबार

प्रभु बैंकले टाटा मोटर्सको विद्युतीय सवारी किन्न कर्जा दिने

प्रकाशित मिति :  22 December, 2022 12:28 pm


काठमाडौँ । प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङबिच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

बैंक र ट्रेडिङबिच भएको सम्झौता अनुसार सिप्रदी ट्रेडिङबाट ग्राहकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्ने छ ।

यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणीय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ ।

हाल प्रभु बैंकले देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !