३ फाल्गुन २०८२, आइतबार

पाँच महिनामा भित्रियो १३ सय बढी विद्युतीय गाडी

प्रकाशित मिति :  25 December, 2022 1:12 pm


काठमाडौँ । चालु आर्थिक वर्ष २०७९ र ०८० को पहिलो ५ महिनामा नेपालमा १३ सय वटाभन्दा बढी विद्युतीय चार पांग्रे सवारी साधन भित्रिएको छ। भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मंसिरसम्म एक हजार तीन सय ५३ वटा विद्युतीय कार, जिप र भ्यान नेपाल भित्रिएका हुन्।

यीमध्ये एक सय किलोवाटसम्म क्षमता भएका १,३२० वटा विद्युतीय गाडी, एक सयदेखि दुई सय किलोवाट क्षमतासम्मका ३० वटा विद्युतीय गाडी र दुई सयदेखि तीन सय किलोमिटरसम्मका ३ वटा विद्युतीय गाडी आयात भएका हुन्।

समग्रमा करिब ३ अर्ब ८२ करोड ५७ लाख रुपैयाँको विद्युतीय गाडी आयात भएको हो भने यसबाट सरकारले एक अर्ब १० करोड रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।

भन्सारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा तीन हजार तीन सय १४ वटा विद्युतीय तीन पांग्रे सवारी भित्रिएका छन्।



प्रतिक्रिया दिनुहोस !