आजको मौसम पूर्वानुमान
प्रकाशित मिति : 27 December, 2022 7:52 am
काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली रहेको छ ।
दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । राति पहाडी भूभागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको महाशाखाले गरेको छ ।








