आज वर्षकै चिसो दिन, काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री
प्रकाशित मिति : 28 December, 2022 8:31 am
काठमाडौं । आज काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ।
मौसमविद्का अनुसार आज बिहान ५ः४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको थियो। मौसमविद् राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।
यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा हुस्सु\कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्न पछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने देखिन्छ।
चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।








