सुनको मूल्य : एक लाख एक हजार एक सय
प्रकाशित मिति : 28 December, 2022 11:52 am
काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँ बढेर तोलाको एक लाख एक हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ कामय रहेको छ ।
महासंघका विवरण अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।








