सुनचाँदीको मूल्यमा सामान्य गिरावट
प्रकाशित मिति : 29 December, 2022 10:49 am
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार आज छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ कमि आउदै एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ४०० तोकिएको छ ।
आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घट्दै तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको छ ।








