तोलामा ५०० रुपैयाँ बढ्यो सुन
प्रकाशित मिति : 30 December, 2022 11:50 am
काठमाडौं । आज सुनचाँदी बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढेर तोलाको एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।








