सुनको मूल्य बढ्यो
प्रकाशित मिति : 1 January, 2023 10:54 am
काठमाडौं । नेपाली बजारमा आज साताको पहिलो कारोबारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोला एक लाख १ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।








