यस्तो रहनेछ आजको मौसम
प्रकाशित मिति : 3 January, 2023 7:56 am
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका जानकारी अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहको महाशाखाले जनाएको छ ।








