तोलामै ९०० बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति : 3 January, 2023 11:45 am
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य उकालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर तोलाको एक लाख २ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार १०० रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार सुनको मूल्य तोलाको एक लाख १ हजार ७०० र चाँदी १४०० रुपैयाँमा कारोबार भएको थियो ।








