२ पुस २०८२, बुधबार

यी स्थानमा हिमपातको सम्भावना

प्रकाशित मिति :  4 January, 2023 8:03 am


फाइल फाेटाे

काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लागेको छ।

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

महाशाखाको जानकारी अनुसार राति प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक\दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !