सुनको मूल्य बढ्यो, चाँदी घट्यो
प्रकाशित मिति : 4 January, 2023 11:31 am
काठमाडौँ । बुधवार पनि नेपाली बजार छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर तोलाको एक लाख २ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ । महासंघको विवरण अनुसार आज चाँदी तोलामा १० रुपैयाँले घटेर १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख २ हजार ६०० रुपैयाँ र चाँदी तोलाको १४१० रुपैयाँ रहेको थियो ।








