नेप्सेमा डिप्रोक्स लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचिकृत
प्रकाशित मिति : 4 January, 2023 2:30 pm
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । डिप्रोक्स लघुवित्तले आफ्नो साधारण सभाबाट पारित गरेको आज नेप्सेमा सूचीकृत भएको हो ।
सो प्रतिशत दरका कुल २३ लाख १२ हजार ४९७ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।








