२ पुस २०८२, बुधबार

निरन्तर उकालो लाग्यो सुन, तोलाको कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  5 January, 2023 12:24 pm


काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार पनि छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँले बढेर तोलाको एक लाख तीन हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ६०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । महासंघको जानकारी अनुसार बुधवार १० रुपैयाँले घटेर प्रतितोला १४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार पनि १५ रुपैयाँले घटेर तोलाको १३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !