२ पुस २०८२, बुधबार

मौसम पूर्वानुमान : तराईमा शितलहर

प्रकाशित मिति :  6 January, 2023 7:47 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । यतिबेला देशका पहाडी भू-भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो शितलहर लागिरहेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

त्यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। तराईका धेरै भू-भागहरूमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेको छ।

तराईका धेरै भू-भागहरूमा बाक्लो हुस्सुरकुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध रहेको छ।



प्रतिक्रिया दिनुहोस !