ह्रातै घट्यो सुनको मूल्य
प्रकाशित मिति : 6 January, 2023 12:03 pm
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य ह्रातै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ८०० रुपैयाँ घटेर एक लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेकाे छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार सुनको मूल्य तोलाको एक लाख तीन हजार एक सय र चाँदी १३८५ रुपैयाँमा कारोबार भएको थियो ।








