२ पुस २०८२, बुधबार

तोलामा एक हजार रुपैयाँ बढ्यो सुन, कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  8 January, 2023 10:56 am


काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सुनको मूल्य बढेको छ । महासंघको विवरण अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर तोलाको एक लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ८०० रुपैयाँ रहेको छ ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । महासंघको जानकारी अनुसार आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर तोलाको १३८० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापवाला सुनको मूल्य १ लाख २ हजार ३०० र चाँदी १३६५ रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !