आदिमा बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समिति अध्यक्षमा दाहाल
काठमाडौं । आदिमा बचत तथा ऋण सहकारी संस्था लिंमिटेड सञ्चालक समितिको अध्यक्षमा प्रल्हाद दाहाल चयन भएका छन् ।
काठमाडौं महानगरपालिका सुकेधारामा रहेको सहकारीको आज भएको १४ औं वार्षिक साधारण सभाले दाहाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा कृष्णकुमार श्रेष्ठ,सचिवमा राजेश चालिसे कोषाध्यक्षमा दिलिप आचार्य, चयन भएका छन् । यस्तै सदस्यमा निरा शर्मा,रेखा कुँवर,राजु लामा पि.कोन्दन चयन भएका छन् ।
सहकारीको लेखा समिति संयोजकमा कृष्णादेवी मुनिकार र सदस्यमा कृष्णप्रसाद अधिकारी रहेका छन् ।
यस्तै ऋण उपसमिति संयोजकमा राजेश चालिसे र सदस्यमा मनोज कुमार घिमिरे,पूर्णबहादुर डंगोल चयन भएका छन् ।
सहकारीले आफ्ना वार्षिक प्रतिवेदन पारित गर्नुका साथै उत्कृष्ट बचतकर्ता रमा हुमागाईं, असल ऋणी मिरा लिम्बु , वर्ष उत्कृष्ट कर्मचारीमा मन्दिरा लामिछानेलाई पुरस्कार प्रदान गरेको छ ।








