२ पुस २०८२, बुधबार

निरन्तर बढ्यो सुनकाे मूल्य

प्रकाशित मिति :  9 January, 2023 11:20 am


काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्य लगतार उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सोमबार पनि छापावाला सुनको मूल्य तोलाको ६०० रुपैयाँले बढेर तोलाको एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख तीन हजार ४०० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले बढेर तोलाको १३९० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !