२ पुस २०८२, बुधबार

हिमाली भेगमा हिमपातको सम्भावना

प्रकाशित मिति :  10 January, 2023 8:16 am


फाइल फाेटाे

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ भने तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस !