प्रधानमन्त्री प्रचण्डलाई संसदमा विश्वासको मत
प्रकाशित मिति : 10 January, 2023 6:52 pm
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसदमा विश्वासको मत प्राप्त गरेका छन् ।
प्रतिनिधि सभामा आज भएको मतदानमा प्रधानमन्त्री प्रचण्डले २६८ मत प्राप्त गर्दै विश्वासको मत प्राप्त गरेका हुन् ।
विपक्षमा भने २ मत परेको थियो । बहुमतसहित प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएको सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराले घोषणा गरे ।
प्रतिनिधि सभाका सभाको अर्को बैठक माघ ५ गते बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।








