१० पुस २०८२, बिहिबार

प्रतिनिधि सभा सभामुख पदको निर्वाचन माघ ५ गते

प्रकाशित मिति :  10 January, 2023 7:01 pm


काठमाडौं । प्रतिनिधि सभा सभामुख पदको निर्वाचन यही माघ ५ गते हुने भएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले सभामुख पदको निर्वाचनको मितिबारे संसदलाई जानकारी गराएका हुन् ।

त्यस अवसरमा उनले संसद सचिवालयका महासचिव डा.भरतराज गौतमलाई सो निर्वाचनको कार्यक्रमसम्बन्धि सूचना माघ ३ गते सार्वजनिक गर्न पनि निर्देशन दिए ।

सभाका ज्येष्ठ सदस्य राणाले भने,“प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभा सभामुख पदको निर्वाचनका लागि यही २०७९ साल माघ ५ गते बिहीवारको दिन तोकेँ । साथै सोही नियमको उपनियम १ बमोजिम संघीय संसदको महासचिव डा. भरतराज गौतमलाई सभामुख पदको निर्वाचन कार्यक्रम सम्बन्धि सूचना मिति २०७९ माघ ३ गते मंगलवारको दिन प्रकाशित गर्न समेत निर्देशन दिन्छु ।”

सत्तारुढ दलहरुबीच सभामुख नेकपा (एमाले)लाई दिने सहमति भएको छ ।



प्रतिक्रिया दिनुहोस !