१० पुस २०८२, बिहिबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लिला गिरी नियुक्त

प्रकाशित मिति :  11 January, 2023 3:44 pm


रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका लिला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गिरीले आजै ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी प्रस्तुत गरेका थिए ।

गिरी लुम्बिनी प्रदेशका तेस्रो मुख्यमन्त्री हुन् । अघिल्लो कार्यकालमा पहिलो पटक नेकपा एमालेका शंकर पोखरेल र दोस्रो पटक कुलप्रसाद केसी मुख्यमन्त्र नियुक्त भएका थिए ।

गिरीलाई नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टीका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जना गरी ५८ सांसदले समर्थन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !