२ पुस २०८२, बुधबार

सुनको मूल्यमा सामान्य वुद्धि, चाँदी घट्यो

प्रकाशित मिति :  12 January, 2023 11:47 am


काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनको मूल्यमा सामान्य वुद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेर एक लाख ३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको एक लाख २ हजार ९०० रुपैयाँ रहेको छ।

आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार तोलाको १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलाको ५ रुपैयाँले घटेर तोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !