२ पुस २०८२, बुधबार

कोभिडका कारण थला परेका अर्थतन्त्र उकास्न मेलाले अहम भूमिका खेल्नेछ: अध्यक्ष गोल्छा

प्रकाशित मिति :  12 January, 2023 6:08 pm


काठमाडौँ । नेपालको आयातलाई प्रतिस्थापन गरेर निर्यातलाई प्रवद्धन गर्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले विभिन्र स्थानीय तह, प्रदेश र केन्द्रसम्म विभिन्र मेला र सिपमूलक कार्यक्रम गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बताए ।

महासंघद्धारा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा आउँदो चैत्र २ देखि ६ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला आयोजना बारे जानकारी दिनको लागि गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्छाले उक्त कुरा बताएका हुन् ।

कोभिडका कारण थला परेको नेपालको व्यापारलाई केही हदसम्म उकास्नको लागि मेलाले अहम भूमिका खेल्ने अध्यक्षले गोल्छाको भनाइ छ । उनले भने, “पछिल्लो समय नेपालको अर्थतन्त्रमा देखिएको संकटका कारण व्यापार व्यवासायमा ठूलो संकट देखा परेको छ । त्यसकारण मेलाले व्यवासायको मनोबल उच्च बनाउनको लागि ठूलो भूमिका निर्वाह गर्नेछ ।’’

गोल्छाले देशमा स्थापना भएका उद्योगहरु संचालन गर्नको लागि सहज वातावरण सिर्जना नहुदाँ राज्ले अर्बैंको राजश्व गुमाउन परेको बताएका छन् । उनले भने, “अस्थिर नीति र अस्थिर सरकारका कारण पनि अर्थतन्त्र ओझेलमा परेको छ । एउटा सरकारले बनाएको नीति अर्को सरकार आएर परिर्वतन गर्छ अनि मर्कामा पर्ने भनेको हामी व्यवसाय हो । हामी जस्ता व्यवसायले पनि राज्यको अर्थतन्त्र मजबुत बनाउन धेरै सहयोग गरेका छौँ, सरकारले व्यापार व्यवासाय गर्नको लागि सहज वातावरण सिर्जना गर्नुपर्छ ।’’

त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले मेलाले स्वदेशी उत्पादनको प्रर्वद्धन मात्र नगरी कोभिड पछि व्यापार व्यवसाय कुन अवस्थामा पुग्यो भनेर जानकारी पाउनको लागि पनि मेलाले सहयोग गर्ने बताए ।

आगामी एक दशकभित्र मुलुकको अर्थतन्त्र एक सय अर्ब अमेरिकी डलर पुर्याउने, अतिरिक्त २२ लाख मानिसलाई औपचारिक निजी क्षेत्रमा रोजगारी सिर्जना गर्ने, व्यापार घाटा र अर्थतन्त्रको अनुपात आधा घटाउने लगायतका उद्देश्यले महासंघले ल्याएको भिजन पेपर २०३० को सफल कार्यान्वयनमा समेत अन्तराष्ट्रिय व्यापार मेलाले सघाउ पुर्याउने विश्वास रहेको महासंघले जनाएको छ ।

मेलामा जेष्ठ नागरीक तथा फरक रुपले सक्षम नागरिकहरुलाई निःशुल्क तथा विद्यार्थीहरुलाई उनीहरुको प्रवेशपत्रका आधारमा ५० प्रतिशत र अन्य व्यक्तिलाई १०० रुपैयाँ प्रवेश शुल्क रहेको आयोजकले जनाएको छ ।

त्यस्तै मेलामा कुल ३०० भन्दा बढी स्टल मार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने छ । मेलामा नेपाल सहित सार्क मुलुकहरु,चीन, थाइल्यान्ड, म्यानमार, लगायतका देशहरुको सहभागिता रहने छ । मेलामा सार्क राष्ट्र सहित चीन, कोरिया, जापान, लगायतका देशहरुबाट क्रेताहरु आउने महासंघले जनाएको छ ।

मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरुसँग भेटघाट तथा द्धिपक्षिय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल समेत हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहले अवलोकन गर्ने लक्ष्य रहेको मेलाका संयोजक नरेन्द्र खड्काले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !