२ पुस २०८२, बुधबार

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

प्रकाशित मिति :  12 January, 2023 6:18 pm


काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको १५ औं बार्षिक साधारण सभाबाट निर्बिरोध निर्वाचित सञ्चालकहरु मध्ये भट्टराईलाई सञ्चालक समितीको पहिलो बैठकले सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको थियो ।

नवनियुक्त अध्यक्ष भट्टराइले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र समक्ष आज (बिहीबार) पद तथा गोपनियताको शपथ ग्रहण गरेका थिए ।

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्ध राज शर्मा र लुम्बिनी विकास बैंक लिमिटेडका नव निर्वाचित सञ्चालक गणेश राज रेग्मी, प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र मुख्य प्रबन्धक दपक खनालको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !